नेपाली कराते टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बङ्गलादेश प्रस्थान गरेका छन् ।

यही जनवरी १३ देखिउक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते सङ्घका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गरेका छन् । टोलीको ब्यवस्थापकमा नेपाल सितोरियो कराते सङ्घका कार्यलय प्रमुख राजेन्द्रकुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साइँला गमाल र अफिसियलमा पुष्पराज गिरी रहेको बताएका छन् ।

खेलाडीहरुमा राजनकुमार पाइजा, लक्ष्मण पुन, बिजल पाइजा, गणेश पाइजा, सीताराम लामा, अमृत लामा, तेजिन्द्र पाइजा, मन्दिप खड्का, देवकुमार तामाङ, श्री किशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनीहरुलाई नेपाल कराते महासङ्घका कार्यवाहक दावा गुरुङले १ कार्यक्रमबीच बिदाइ गरेका थिए ।