प्रधानमन्त्री दाहालसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

त्यस अवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधार्ई दिने सफल कार्यकालको कामना गरेका थिए ।

ताजा अपडेट