सहज रूपमा सेवा उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई काठमाडौं र सिंहदरबार पुग्नै नपर्ने गरी जिल्लामा नै सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

पहिलो पटक चितवन पुगेका लामिछानेले आज बिहीबार चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्दे यस्तो निर्देशन दिएका हुन् ।

यसैगरी, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, गृहमन्त्रीले सेवा प्रवाहलाई गुनासोरहित बनाउन, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न, शान्तिसुरक्षालाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।