पेस्तोल सहित पक्राउ

काठमाडाैँ । प्रहरीले  कैलालीमा मेड ईन युएसए लेखेको खाली म्याग्जिनको पेस्तोल १ थान सहित एक जनालाई पक्राउ  गरेकाे छ । पक्राउ पर्नेमा  गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत र ३६ वर्षीय महेन्द्र देउवा रहेका छन् ।  उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्र देउवाको घरबाट उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।