अध्यक्ष नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच आज भेटघाट भएको छ ।

जापानी संसद्का सदस्य मासाकी जैरासँग आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्क्ष नेपालले भेटघाट गरेका हुन् । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा सो अवसरमा छलफल भएको थियो । भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथमिकतासम्बन्धी सुझावको आदान प्रदान गरियो । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानकोतर्फबाट सकारात्मक धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले दुवै मुलुकको सम्बन्ध र हितकाबारेमा धरणा राख्दै नेपालको विकासका लागि जापानको भूमिकाको सराहना गरे । साथै आगामी दिनमा एकापसमा मिलेर अगाडि बढने विषयमा उनले चर्चा गरेके बताएका छन् ।