चर्चमा बम आक्रमण हुँदा १० को मृत्यु, ३९ घाइते

काठमाडौँ । कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरूको मृत्यु भएको छ । उक्त आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका छन् ।

युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुको माझ बम आक्रमण गरेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कंगो सरकार र आइ.एस.आइ.एल.बीच सन् २०१९ मा भएको शान्तिवार्ताको उलंघन गर्दै सोही समूहले लगातार आतंकवादी आक्रमण गर्दै आएको छ ।