महिला क्रिकेटमा प्रदेश–१ को दोस्रो जित

काठमाडौँ । प्रदेश–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेका छन् । सोमबार भएको खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई ९ रनले हरायो ।

खेलमा प्रदेश–१ ले लुम्बिनीलाई ६० रतनबो विजयी लक्ष्य दिएको थियो । तर लुम्बिनीले निर्धारित नौ ओभरमा सात विकेटको क्षतिमा ५० रन मात्रब नाउन सकेको थिए । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् ।

बलिङमा प्रदेश–१ संगीता राईले ३ विकेट लिए । सबनम राई, ज्योति दनुवार र रुविना क्षेत्रीले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले नौ ओभरमा चार विकेटको क्षतिमा ५९ रन बनाएका थिए । प्रदेश–१ का लागि काजल श्रेष्ठले २१ रन बनाए ।

कप्तान रुविना क्षेत्रीले १७ र अप्सरी बेगमले १२ रन बनाइन् । लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र बिभष्णा बीसीले १/१ विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ले ४ अंक बनाए ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही २० हजार पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएका छन् ।