पोखरा विमान दुर्घटनामा ४८ शव काठमाडौँमा लगिँदै

काठमाडौँ । आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।

दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने २ जनाको अझै भेटिएको छैन् ।