आज सुनको मूल्य घटे्यो

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला १ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार ३ सय ९० तोकिएको महासङ्घले जानकारी दिएको छ ।