सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

काठमाडौँ । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी तेस्रो पटक भएको मतदानबाट सभामुखमा निर्वाचित भएका छन् ।

उनी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । पुस २८ मा सभामुख चयनका लागि पहिलो पटक भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।

उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित रहेका छन् । कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका छन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।

यसैगरी कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले ३ मत कम पाएका रमाओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा रावलको विपक्षमा २८ मत पाएका थिए ।

उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुन मतदान भएको थियो । ज्येष्ठ सदस्य शिवराज भण्डारीले माघ २ गतेका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित भएको थियो ।