नेकपा माओवादीबाट ३ मन्त्री र १ राज्यमन्त्रीको टुंगो लाग्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका छन् ।

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

शर्मा सञ्चार तथा सूचना प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उनले जानकारी दिएका छन् । श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकेका छन् ।