वाणिज्य नीति पुनरवलोकन गर्ने भण्डारीको पहिलो निर्णय

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पद ग्रहणका क्रममा वाणिज्य नीति पुनरवलोकन गर्ने पहिलो निर्णय गरेका छन् ।

मन्त्री भण्डारीले उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने मूख्य चुनौती रहेको बताएका छन् । विश्व बजारमा नेपाली सामग्रीलाई प्रतिस्पर्धी बनाई अघि बढाउनुपर्ने मन्त्री भण्डारीले बताए ।

यसैगरी मन्त्रालयमा चुनौतीका चाङ रहेको बताउँदै मन्त्री भण्डारीले साझा मुद्दामा सहमति गरेर अगाडि बढ्ने बताएका छन् । कर्मचारीलाई प्रभावकारी ढङ्गले काम गर्न मन्त्री भण्डारीले निर्देशन दिएका थिए ।

उद्योगलाई पुनस्र्थापना गर्ने, उद्योग सञ्चालन गर्ने, बजारमा आपूर्ति व्यवस्था सहज बनाई अनुगमन प्रभाकारी रूपमा अगाडि बढाउन मन्त्रीले कर्मचारीलाई बताएका छन् ।