सुनको मूल्य ६ सयले घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सयले घटेको छ । हिजो प्रतितोला १ लाख ५ हजार १ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज १ लाख ४ हजार ५ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजारमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार ३ सय ७५ तोकिएको महासङ्घले जानकारी दिएको छ ।