पुष्पकमल दाहाल र बेलायती राजदूतबिच भेटर्वाता

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटर्वाता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

उनीहरूबीच दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।