अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले आज सिंहदरबारस्थित शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताएमा छन् । दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्,उनले भने, नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरेका छन् । उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बीआरआई, पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना महामारी र बाढीपहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष
तिमिल्सिनाले बताए । हाल केरुङ÷रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

हिल्सा÷पुराङ नाकामा पनि एकातर्फी सुचारू भएको छ, उनले भने, यसले दुई देशबीचको व्यापार प्रवद्र्ध्न गर्न एवम् सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउने विश्वास रहेको छ । अवका दिनमा हामीले तातोपानी÷जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ र त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरेका छन् ।

नेपाल–चीन बीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुन निर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ, उनले भने, यसका लागि महामहिमले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु । भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरेका छन् ।

उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताए । उनले दुई देशको सरकार र संसद्बीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।