मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ ।

प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका छन् ।

हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ, यादवले भने, “प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छाँै ।

उनले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताए । अहिले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल भइरहेको जानकारी दिएका छन् ।