झुण्डिएको अवस्थामा फेला परे पत्रकार पुडासैनी

चितवन, साउन । पत्रकार सालिकराम पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सोमबार दिउँसो काठमाडौंबाट चितवन आएका पुडासैनी सो होटलको २०२ नं कोठामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका एसपी दान बहादुर मल्लले जानकारी दिए ।

साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा कार्यरत थिए ।

यसअघि पुडासैनी न्यूज–२४ टेलीभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए ।