लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोलेका थिए । उनले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गरेका छन् ।

उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये टीकापुर घटना राजनीतिक विषय भन्नेमा निर्वाचनबाट जनताले अनुमोदन गरेको बताएका छन् । प्रदेशसभाको विशेष समयमा बोल्दै उहाँले प्रदेशसभाको बैठक स्थगित गरी सहमति खोज्न आग्रह गरेका छन् ।

त्यसपछि प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेको र आजको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने जानकारी दिएका छन् ।