आज सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० ले बढेर १ हजार ३ सय ७५ पुगेको महासङ्घले जानकारी दिएको छ ।