उपसभामुखमा नेपाली कांग्रेसको उम्मेदवार मुक्ताकुमारी यादव

काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । उनलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । उनी समानुपातिक सांसद हुन् र १४औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

संसद सचिवालयले उपसभामुखको दर्ता गर्ने समय शुक्रबार तोकेको छ र उपसभामुखको चुनाव भोलि हुने भएको जानकारी दिएका छन् ।