पहिलो नायिका भुवन चन्द सम्मानित

काठमाडौँ । नेपाली चलचित्र जगतकी पहिलो नायिका भुवन चन्द सम्मानित भएकी छन् । मोरङको वराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १२औँ वाषिकोत्सव कार्यक्रममा चन्द सम्मानित भएकी हुन् ।

चन्दसहित विशिष्ट योगदान पु¥याएका १२ जना नारीलाई प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेएको छ । रासस