एन आई सी एशियाले सार्वजनिक गर्यो त्रैमासिक विवरण

काठमाडौं । देशैभरीका शाखा सञ्जालहरूमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि उल्लेख गरेको छ हो ।

त्यस्तै बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २४.७५ प्रतिशत रहेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५६.७७ आर्जन गर्न बैंक सफल भएको समेत वित्तिय नतिजामा उल्लेख गरेको छ ।

स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।