सवारी दुर्घटना, एकको मृत्यु, ८ घाइते

काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियाका सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीको वर्ष ३० को विन्दकुमार कहार रहेका छन् । भएको छ ।

शनिबार बिहान पौने नौ बजे लु २ ख ४२२६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार ६ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएको बताए ।