सुर्खेतमा हाइस दुर्घटना : ४ को मृत्यु

काठमाडौँ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका ७ का २७ वर्षका सागर शाही, दैलेख डुंगेस्वर गाउँपालिका ५ का ३३ वर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही र दैलेख गुराँश गाउँपालिका ३ का राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वीरेन्द्रनगर नगरपालिका ११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साढे २ बजे दुर्घटना भएको हो।

घाइतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएका थिए। दुर्घटनामा घाइते भएङ्का गाभैरबी गाउँपालिका ५ का २६ वर्ष वीरेन्द्र शाहीको उपचार भइरहेको छ। उनको छातिमा चोट लागेकोले बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।