प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

उनले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ रहेको छ ।

शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो तर कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत ४ जना नेताले उक्त निर्णयमा असहमति भएका थिए ।

पछिल्लो राष्ट्रिय राजनीति विषयमा छलफल गर्न कोइरालापक्षको बैठक बत्तीसपुतलीमा जारी भएको जानकारी दिएका छन् ।