उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेका हुन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट निर्वाचित भएका थिए । उनले आजै उपसभामुख पदको सपथ लिदै छन् ।