निकुञ्‍ज क्षेत्रबाट पासोसहित दुईजना पक्राउ

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रको शेर्पा मध्यवर्ती सामुदायिक वनबाट दुईजना सिकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका ३९ वर्षीय गोरे तामाङ र सन्तोष तामाङ रहेका छन् । उनीहरुलाई चौरीखर्क रेन्जपोष्टको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान गुलेली,वन्यजन्तु मार्नका लागि बाँसबाट बनाइएको पासो ५ थान, खुकरी दुई थान, पासोको लागि बनाएको लठ्ठी ५ थान जफत गरिएको छ । बुंगा खोला पावर हाउस नजिकबाट उनीहरुलाई पक्राउ गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मनोज पाण्डेले जानकारी दिए ।

उनीहरुलाई नाम्चे ल्याएर थप अनुसन्धान भइरहेको सगरामाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।