अवैध लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ६२ ग्राम सहित १ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारत लखिमपुर खिरी तहशिल पलिया घर भई हाल धनगढी उपमहानगरपालिका-१ डेरा गरी बस्ने १९ वर्षीय सानु अन्सारी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।