सिरियामा भवन भत्कँदा १६ जनाको मृत्यु

काठमाडौँ । सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् ।

त्यस दुर्घटनामा ५ जना बालबालिका पनि परेका छन् । प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।

सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनकाबाट १ जनालाई मात्र जीवित उद्धार गरेका छन् । प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ र यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जानकारी दिएका छन् ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

यस्तै कमजोर भवन भत्कँदा ३ जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले बताएका थिए ।