लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौँ । कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले लागुऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन् ।

मुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित रानालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

उनका साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको र रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।