प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ ।

आज बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गरेका छन् । भेटका क्रममा उनले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएका छन् ।