एभरेष्ट चिया बगानमा युवक–युवती मृत फेला

काठमार्डौँ । झापाको एभरेष्ट चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका–४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको हो । युवक अन्धाजी २५ र युवती १८ वर्षकी रहेको डिएसपी पाठकले बताए । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।