‘लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह

काठमाडौँ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिदै उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाईदिन आग्रह गरेको हो ।

उनले देशमा अहिले लक्ष्मी महतोको सवत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राखे ।

एमाले नेता महासेठले भने, “के सांसद लक्ष्मी महतो साच्चिकै अपराधी हुन् त ? संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय ग¥यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुप¥यो, होइन भनेर आरेपमा कुनै सत्यता छैन ।”

कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “म सभामुखमार्फत् गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसदमा अपराधीको आरोप लगाइएको छ ।”

नेता महासेठले जनकपुरमा दुई व्यक्ति ९रोहितकुमार साह र विष्णुकुमार साह०को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत् गृहप्रशासनको ध्यानाकर्षण गराए ।

एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरे ।

(((