संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।

उनले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो तर उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको बताएका छन् ।

आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने जानकारी दिएका छन् ।