सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २७ घाइते

सुर्खेत, भदौ । सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ९३१७ नम्बरको बस बिहान साढे तीन बजेतिर बस रत्न राजमार्गअन्तर्गतको हर्रेमोडमा दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

दुर्घटनामा परी २७ यात्रु घाइते छन् । घाइतेहरूको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।