माओवादी केन्द्रको स्थगित बैठक दिउँसो २ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको स्थगित भएको बैठक दिउँसो २ बजे हुने भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक ३ घण्टा पछि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी लगायतसँगको एकताको विषय बैठकको एजेण्डा भएको बताएका छन् ।

यसअघि माओवादी केन्द्रले नेसपा, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्ने भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेका थिए ।