इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु

काठमाडौँ । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन् ।

मृत्यु हुनेहरुको सङ्ख्या बढेर “एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस आत्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ ।

सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताउनु भएको छ । रासस