पठानको बम्पर ओपनिङ, भारतमा पहिलो दिन ५७ करोड कमाइ

काठमाडौं । शाहरुख खानको फिल्म पठानले बक्स अफिसमा पहिलो दिन ५७ करोड भारुको बम्पर ओपनिङ गरेको छ । जसमध्ये ५५ करोड रुपियाँ हिन्दी संस्करणबाट र बाँकी २ करोड डब तमिल र तेलुगु संस्करणबाट रहेको छ । यो बलिउडको इतिहासमा पहिलो दिनकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

यसअघि अभिनेता ऋतिक रोशनको फिल्म ‘वार’ले पहिलो दिन भारु ५१।६ करोड कमाएको थियो । अर्कोतर्फ पठानले विश्वभर सय करोडभन्दा बढी कमाएको छ ।

भारु दुई सय ५० करोडको बजेटमा बनेको यो फिल्म विश्वभर आठ हजार स्क्रिनमा रिलिज भएको छ । रिलिज हुनुअघि नै विवादमा परेको यो फिल्मको शीर्ष गीत ुबेशरम रङ्गुलाई लिएर भारतका धेरै ठाउँमा विरोध भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म पठानको पहिलो दिनको कमाई ५५ करोड र दोस्रो दिन भारतमा मात्रै सय करोड नाघ्न सक्ने अनुमान छ । फिल्म हिन्दी तमिल र तेलुगुसहित पाँच हजार पाँच सय स्क्रिनमा रिलिज भएको हो । फिल्मले विदेशमा २५ सय स्क्रिन पाएको छ ।

सुरुमा पाँच हजार दुई सय स्क्रिनमा रिलिज भएको यो फिल्मको क्रेजलाई हेरेर थप तीन सय स्क्रिनसमेत बढाइएको छ । यसबाहेक फिल्म पठान रिलिजसँगै कोभिडको समयमा बन्द भएका २५ सिङ्गल स्क्रिन पुनः सञ्चालनमा आएका छन् । गोरखापत्र