गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ ।

लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुन प्राप्तिका लागि प्रक्रिया नै नथालेपछि उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।