धवल शम्शेर भन्छन्, ‘यही व्यवस्था कानूनमा बसेर राजतन्त्र ल्याउँछौं

काठमाडौं । राप्रपाका महामन्त्री एवं सांसद धवल शम्शेर जवराले राप्रपालाई हेप्ने कार्य गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका छ । बुधबार संसदमा बोल्दै सांसद जवराले सो कुरा चेतावनी दिएका हुन् । संसदमा बोल्ने क्रममा एमाले सांसद रघुजी पन्त र माओवादी सांसद शक्ति बस्नेतले राप्रपाका मन्त्रीहरुले हिन्दुराष्ट्र, संघीयता र हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिएको भन्दै विरोध गरेका थिए ।

गठवन्धन सरकारमा रहेका पार्टीका दुई सांसदले राप्रपाको विचार माथि प्रहार गरेको भन्दै त्यसो नगर्न र फेरि राप्रपाको विचार विरुद्ध लागे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए ।

उनले अहिले संविधान र व्यवस्थालाई स्वीकार गरेर यही नियमकानूनबाट नै राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने पार्टीको विचार र सिद्धान्त भएको समेत स्पष्ट पारेका छन् । जनताले आफूहरुलाई राजतन्त्र र हिन्दुराष्ट्र ल्याउनका लागि नै विश्वास गरेर निर्वाचित गराएको जवराको भनाई थियो ।