राजेन्द्र लिङ्देन लिएर बालकोट किन पुगे रवि लामिछाने

काठमाडौं । नागरिकता प्रकरण पछि आफूलाई अनागरिक भएको अभिव्यक्ति दिएपछि अझ चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष नेपाली नागरिक भएको निस्सा अर्थात नागरिकता पाएपछि आफूलाई अझ क्रान्तिकारी बनाउन पुगेका छन् ।

उनले विगतमा गठवन्धन सरकारमा सामेल हुँदा भएको सहमति बमोजिम नै गृह मन्त्रालय आफूले नै पाउनु पर्ने अडानका साथ ‘बा’ हरुलाई भेटन् कहिले बालुवाटार, कहिले धुम्वाराही त कहिले बालकोट हानिएका छन् ।

बालकोटबाट गृहमन्त्रालयको आर्शिवादी संकेत पाएपछि हौसिएका लामिछानेलाई बालुवाटारले भने निराश बनाएको छ । त्यही निराशा मेटाउनका लागि उनी राप्रपाका अध्यक्षल राजेन्द्र लिङ्वदन सहित शुक्रबार राती बालकोटमा ‘बा’ (उनकै शब्दमा) भेट्न पुगेका थिए । बालकोटमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मासँग करीव दुई घण्टा विताएका छन् ।

गृह मन्त्रालय पाउनुपर्ने भन्दै अड्को थाप्दै आईरहेको र नभए सरकार छाड्ने चेतावनी दिइरहेका बेला बालकोट पुगेर लामिछानेले आर्शिवाद मागिरहेका छन् । नैतिकताका आधारमा अनागरिक भएकै दिनबाट सरकार छाड्नु पर्ने भएपनि उनी पासपोर्ट काण्ड मौलाउन थालेपछि पुनः गृहमन्त्रालयतिर नै सोझिएका छन् ।

पासपोर्ट काण्डको किनारा नलागेसम्म उनलाई गृह मन्त्रालय दिने प्रचण्डको लक्षण छैन । यतिखेर प्रचण्ड लामिछानेलाई गृहमन्त्रालय दिएर विवादमा आउन चाहेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन्। जसका कारण ओली र लामिछाने दुवै असन्तुष्ट बनेका छन्।

आफूले नेपाली नागरिक पुन ः लिईसकेका कारण गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक(पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन्। बिहीबार रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो।