राष्ट्रपतिका लागि माओवादी लचिलो वन्दै

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादीले राष्ट्रपतिका लागि सहमति खोज्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको वैठकले राष्ट्रिय सहमति खोज्ने र सहमति नभए उदेश्य मिल्नेसँग सहकार्य गर्न सक्ने निर्णय गरेको छ ।
राष्ट्रपति पदका लागि सत्ता साझेदारवीच नै अहिले तनाव उत्पन्न भईरहेको छ । दलहरु आआफ्नो स्वार्थमा लागिरहेको देखिन्छन् । त्यसका लागि माओवादी पाटीले सवैसँग मिलेर जाने धारणा अघि सारेको हो ।
अहिले गठवन्धन भित्र देखिएको समस्यालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्नेमा माओवादीको ध्यान केन्द्रित भएको छ । गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि तत्काल के गर्ने भन्ने विषयमा पनि माओवादी भित्र निश्चित धारणा बनिसकेको देखिँदैन । रास्वपाले दवाव दिएर अघि बढ्न खोजे सोही अनुरुप माओवादीले विकल्प खोज्नु पर्ने कतिपय नेताहरुको धारणा छ ।

बैठकपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताउनुभयो । अहिले सवैसंग कुरा भइरहेको र समस्या समाधान हुने उनको भनाइ छ ।

स्थायी कमिटी बैठकले दुई महिने पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । दुई महिनाको अवधिमा सवै नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरु बस्ने , रिपोर्ट तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने उनले बताए ।

बैठकले पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेपछि आएका केहि निर्देशन र वक्तव्यहरुलाई पनि सवै तहमा लैजाने र कार्यान्वयन गर्ने निर्णय गरेको महराले बतए ।