दलहरु कुर्सीको लागि मात्र लागि परेको बिजुक्छेको आरोप

काठमाडौं । सत्ताधारी दलहरु कुसीका लागि मात्र लागि परेकाले आरोप लगाएका छन् । उनले दलहरुले कुसीका लागि मात्र होइन अव देशको लागि पनि सोच्ने बेला आएको बताएका छन् । पछिल्लो सयम विदेशीहरुले देशमा चलखेल गर्न लािग रहेकाले विदेशीको चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको विजुक्छेले बताए । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको राजनीतिमा विदेशी हस्तक्षेप बढ्दै गईरहेको र कतिपय दलका नेताहरु विदेशीकै इसारामा चल्ने खोजेको समेत उनले आरोप लगाएका छन् । ‘नेपालमा विदेशी चलखेल वन्द गर्ने बेला भएको छ, विदेशीको चलखेलले मुलुकलाई वर्वादी तर्फ घचेडीरहेको उनको तर्क छ ।