आईसीसी विश्वकप लिग २ : नेपालले आज यूएईसँग खेल्दै

फाईल तस्बिर

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको जारी खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ ।

नेपालले लिग २ मा लगातार ५ खेल जित्दै कीर्तिमान बनाएको छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।

यूएई भने पपुवा न्य गिनीसँग १ सय ३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको २ खेलमा यूएईले १ खेल मात्र जितेको थियो ।

यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग २ को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ ।

लिग २ को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।

नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ

नेपालले लिग २ को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ । नेपालले लिग २ मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ ।

गत मार्चमा यूएईमै भएको लिग २ को दुवै खेलमा नेपाल पराजित भएको थियो ।