अल्ट्रा फुल म्याराथन विजेतालाई पुरस्कार

काठमाडौँ । चौथो खिजीदेम्बा अल्ट्रा फुल म्याराथनका विजेतालाई खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पुरस्कार राशी हस्तान्तरण गरेका छन् ।

बयालिस किलोमिटर अल्ट्रा ट्रेल रेस फुल म्याराथनमा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सुनमाया बुढाले उपाधि जितेका छन् ।

दुवै विजेताले नगद सत्तरी/सत्तरी हजार पुरस्कार पाएका छन् । ओखलढुङ्गा पर्यटन विकास समितिले बर्सेनि म्याराथन आयोजना गर्दै आइरहेको छ । तस्बिर :पूर्णप्रसाद न्यौपाने/ रासस