महानगरका मेयर चिरिबाबु मललितपुर महानगरले ल्यायो स्थानीय पाठ्यक्रमका लागि ‘सडक सुरक्षा शिक्षा’

काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय पाठ्यक्रममा कक्षा–८ सम्मका लागि ‘सडक सुरक्षा शिक्षा’ पुस्तक ल्याएको छ ।

महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेँथुको सम्पादनमा लेखिएको पुस्तक आज ललितपुरस्थित सेन्ट जेभियर स्कुलमा विमोचन गरिएको हो ।

नेपालमा मृत्युको चौथो कारक सडक दुर्घटना रहेकाले यसको न्यूनीकरण गर्नका लागि पुस्तक ल्याइएको महानगरले जनाएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनले सडक सुरक्षाका दृष्टिले पुस्तक अत्यन्तै प्रभावकारी र व्यावहारिक हुने बताए । उनले जिल्लाभरका ४० सरकारी र २३७ सामुदायिक विद्यालयमा पुस्तक पढाइ कार्यान्वयनमा ल्याइने बताए ।

पुस्तक पढेर सबै विद्यार्थीले व्यवहारमा सुधार ल्याउन महानगरले अनुरोध गरेको छ । माध्यमिक तहका लागि पनि पुस्तक प्रकाशन गरिने महानगरले जनाएको छ ।हर्जनले सडक सुरक्षाका दृष्टिले पुस्तक अत्यन्तै प्रभावकारी र व्यावहारिक हुने बताए । उनले जिल्लाभरका ४० सरकारी र २३७ सामुदायिक विद्यालयमा पुस्तक पढाइ कार्यान्वयनमा ल्याइने बताए ।

पुस्तक पढेर सबै विद्यार्थीले व्यवहारमा सुधार ल्याउन महानगरले अनुरोध गरेको छ । माध्यमिक तहका लागि पनि पुस्तक प्रकाशन गरिने महानगरले जनाएको छ ।