मन्त्रीपरिषद् वैठकद्धारा पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय

काठमाडौं । सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एिआइजी० मा बढुवा गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिनु अघि नयाँ एआइजी बनाएको हो । महानिरीक्षक सिंहले उमेर हदका कारण यही चैत ११ गतेदेखि अनिवार्य अवकाश पाउने छन्।

अब यिनै पाँच एआइजी मध्येबाट नयाँ प्रहरी महानिरीक्षक चयन हुनेछन् । गृह सचिव नेतृत्वको बढुवा समितिले गत फागुन २६ मा पाँचै जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।