ललितपुरमा विहानै विद्युतीय गाडीमा आगलानी

काठमाडौं । ललितपुरको कुपण्डोलमा सोमबार विहानी विद्युतीय सवारीमा आगलागी भएको छ । विद्युतीय सवारीमा विहान ३ः४० बजे एक्कासी आगो लागेको थियो । आगलागीबाट ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको खवर पाए लगतै काठमाडौं र ललितपुरका दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।