किन सुनसान भयो करिब ४३ अर्ब लागतमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

काठमाडौं ।अपेक्षा अनुरूप अन्तर्राष्ट्रिय उडान नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान बनेको छ । गत जेठ २ गते उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिएको हो ।

विमानस्थलको पहिलो चरणको काम सकिँदै गर्दा सबै क्षेत्रमा उत्साह बढेको भएपनि अहिले निराशा छाएको छ । करिब ४३ अर्ब लागतमा बनेको विमानस्थलमा सीमित उडानमात्रै भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेको छैन । यो विमानस्थलको प्रमुख समस्या हवाई रुट भएकाले भारतसँगको कूटनीतिक पहल जरुरी देखिएको बताइएको छ ।

जेठ २ मा कुवेतको जजिरा एयरवेजले सुरुवाती उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गरेको थियो । त्यसपछि जाडो मौसमसँगै सबै अन्तर्राष्ट्रिय उडान ठप्प भएका थिए ।