साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन भएका छन् । कर्पोरेशनको चैत २६ गते बसेको सञ्चालक समितिले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले विगत आठ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालकका रुपमा काम गरिरहेका व्यक्ति हुन् ।

श्रेष्ठसँग लामो समयदेखि मोरङ सुगर मिल लिमिटेडको अध्यक्षको कार्य अनुभव समेत रहेको छ ।